शनिबार, वैशाख १५, २०८१

निषेधाज्ञाका बीच बजार अनुगमन सुरु

‘ठग्न नखोजौंँ, किन्दा चनाखो बनौँ’

किरण अधिकारी २०७८ वैशाख २२ गते १६:२०

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीले गत १६ गतेदेखि भएको निषेधाज्ञा (लकडाउन)मा खाद्य पदार्थको मूल्य र स्वच्छबारे बजार अनुगमन भएको छ । भक्तपुर र ललितपुर जिल्लाका केही स्थानमा बुधबार बिहान बजार अनुगमन भएको हो ।

अनुगमनका क्रममा केही पसलमा त्रुटी भेटिएकाले खाद्य सामाग्री नष्ट गरिएको र क्षति पूर्तीका लागि वडा कार्यालयमा समेत पठाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक प्रकाश पौडेलले बुधबारदेखि बजारलाई व्यवस्थित बनाउन स्थानीय तहले पनि अग्रसरता देखाएकाले अनुगमनमा सहज भएको जानकारी दिए ।

“केन्द्रबाट मात्र सबै अनुगमन गर्न असहज हुने भएकाले स्थानीय स्तरको नेतृत्वले सबै बजार अनुशासनमा ल्याउन सहज गर्छ,” पौडेलले थपे, “सबै पसलेले ग्राहकलाई ठग्न नखोज्नु भन्दै ग्राहकले सामान किन्दा मिति, मूल्यमा चनाखो भए स्वतः न्यूनीकरण हुनेमा दुविधा छैन ।”

कोरोना संक्रमण बढेसँगै त्रासमा भएका सर्वसाधरणले स्वास्थ्य मापदण्डअनुसार पसलमा जान पाउनु र खाद्य वस्तुबारे बजार अनुगमन हुँदा आफूजस्तै अरु पनि निर्धक्क हुने ललितपुर भैँसीपाटीकी शर्मिला गुरुङले बताइन् ।

बजार अनुगमन देखाउन मात्र नभई सकारात्मक सोचसँगै उत्तरदायित्व बनाउन गरिएको उपभोक्ता संरक्षण फोरमका अध्यक्ष प्रेमलाल महर्जनको भनाई छ । उनले थपे, “ललितपुरका केही पसलमा देखिएको त्रुटीमा सजायसँगै अनुगमन टोलीले ध्यान दिएकाले पसल सञ्चालकहरू पनि आफ्नो गल्ती औँल्याउन तयार भएका छन् ।’
भक्तपुर र ललितपुरमा बुधबार अनुगमन गरे जस्तै आगामी दिनमा सबै क्षेत्रमा अनुगमन गरिने विभागको दाबीसँगै पसल सञ्चालकहरू पनि मारमा नपर्न सचेत हुनुपर्ने देखिएको छ ।

बजार अनुगमनमा सबै वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा समिति बनाएर बजारमा पठाउनु उत्तमको रुपमा सबैले हेरेका छन् । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको व्यापार असन्तुलनमा सरकार गम्भीर छ भन्ने वाक्य पूरा हुने आशमा सबै छन् ।

निषेधाज्ञाको बेला मूल्य सूची व्यवस्थित गर्नुपर्ने, म्याद नाघेको सामानहरू भ्यासेलिन, चामल, खाने तेललगायतमा मापदण्ड कस्तो हुने बिक्री गर्ने र किन्ने सबैलाई थाहा भएकाले प्रयोगमा ल्याउनुको विकल्प छैन ।

प्रहरीले यसरी लकडाउनमा नियम पालना नगर्नेसँग जरिवाना तिराउनुका साथै संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने जनाएको छ ।

याे पनि पढ्नुहोस्

उपभोग्य बजारलाई व्यवस्थित बनाउन स्थानीय तहले पनि अग्रसरता लिनुपर्छ : महानिर्देशक पौडेल (भिडियो)

पेट्रोलियम पदार्थसँगै तेल, मसला कुखुराको मासु पनि महंगो

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया