शुक्रबार, वैशाख १४, २०८१

छ गुणाबढी भाडा लिने सवारी साधन कार्वाहीमा

मेरोन्यूज २०७८ वैशाख २४ गते ६:५४

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौंबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ ।

काठमाडौंबाट जनकपुर गइरहेको काठमाडौं पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतियात्रु १५ हजार रुपैयाँको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायतको साधनलाई यातायात व्यवस्था विभागमा कारवाहीको सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिइन् ।

उनले भनिन्, “चालक र सवारी साधन होल्ड गरी कारवाही सिफारिश गरेका छौं ।”

प्रतिक्रिया