शनिबार, वैशाख २९, २०८१

काठमाडौँमा मूलपानी नगर अस्पताल सञ्चालनमा

मेरोन्यूज २०७८ वैशाख १९ गते १२:३९

काठमाडौँ । काठमाडौँको मूलपानीमा कोरोना संक्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा आएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा अहिले दश संक्रमितको उपचार भइरहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

Advertisement

कोरोना संक्रमितका बिरामीलाई भर्ना गरी उपचार शुरु गरिएको जानकारी दिँदै उनले संक्रमितको उपचारका लागि आवश्यक परेमा ०१–४१५३५९३ मा सम्पर्क गर्न सकिने बताए । महिनाको एक लाख भाडामा लिएर सञ्चालन गरिएको उक्त नगर अस्पतालमा चारवटा एम्बुलेन्स तयारी अवस्थामा छन् । कोरोना संक्रमित बोक्ने एउटा छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

नगर अस्पतालमा अहिले ४० देखि ५० श्यया प्रयोगमा ल्याउन सकिने थापाले बताए । साथै नगरपालिकाभित्र कसैलाई कोभिडको शङ्का लागेमा उपचारका लागि एम्बुलेन्स आवश्यक परे ९८४१६५५६२१ चिरन कटुवाल, ९८६१–६६९३०६ कृष्ण बिसुन्खेलाई सम्पर्क गर्न सकिने जानकारी गराइएको छ ।

कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको जनाउँदै नगरप्रमुख थापाले थप सतर्कता अपनाउन अनुरोध गरेका छन् । उनले भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नसम्म अनुरोध गरे ।

प्रतिक्रिया