शुक्रबार, वैशाख १४, २०८१

‘सोच बेलैमा’ गीत सार्वजनिक

मेरोन्यूज २०७८ वैशाख १८ गते ११:३४

काठमाडौँ । ‘सोच बेलैमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका सोना अमात्य र गायक विवेक सिंह ठकुरीको स्वर रहेको छ । गीतको भिडियो आकर्षक रहेको छ ।

संगीत प्रशिक्षक शशि विक्रम थापाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा गायक गायिका सोना र विवेकको सहित गरिमा शर्मा, गोविन्द सिंह विष्टको अभिनय रहेको छ ।

भिडियोमा गम्भिर विस्टको निर्देशन, नवराज उप्रेतीको छायाँकन, सुरेन बसेलको कोरियोग्राफी रहेको छ । सोनाको यो गीत ‘मेरो माया’ एल्बममा समावेश गरिएको छ । सोनाको यस अगाडि ‘मेरो मायाकरोडमा’ बोलको गीत चर्चामा रहेको थियो ।

प्रतिक्रिया