शुक्रबार, वैशाख १४, २०८१

चट्याङ लागेर रोल्पामा ९ वर्षीय बालकको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १७ गते ११:४१

रोल्पा । जिल्लाको सुनछहारी गाउँपालिका ७ ठूलो गाउँमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

सुनछहारी गाउँपालिका स्थित ठूलो गाउँका आश बहादुर पुनका ९ वर्षीय छोरा आशिष पुनको चट्याङ लागेर मृत्यु भएको हो ।

पोषण भत्ता लिन वडा कार्यालयमा गएका बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राल्पाले जनाएको छ ।

वडा कार्यालयमा पोषण भत्ता लिन गएका उनको फर्किने क्रममा बाटोमा चट्याङ लागेर बिहीवार मृत्यु भएको रोल्पाका प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया