शुक्रबार, वैशाख १४, २०८१

माधव नेपाल पक्ष स्थायी समिति बैठकमा, गोकर्ण विष्ट अनुपस्थित !

गोकर्ण विष्ट भन्छन्,– ‘गृहजिल्ला गुल्मीमा छु, त्यही भएर बैठकमा नभएको हुँ ।’

मेरोन्यूज २०७८ वैशाख १५ गते १४:२५

काठमाडौं । सत्तासिन दल एमालेका विद्रोही पक्ष खनाल नेपाल समुहको बैठक शुरु भएको छ । काठमाडौं कलंकीमा रहेको मेघा पार्टी प्यालेसमा खनाल नेपाल पक्ष बैठकमा जुटेको हो ।

आगामी रणनीति तय गर्न यो पक्षले स्थायी समितिको बैठक वोलाएको हो ।

खनाल नेपाल समुहका १२ नेता स्थायी समितिमा थिए, तत्कालिन एमालेभित्र । तर प्रधानमन्त्री ओलीले अध्यक्ष र महासचिव कायम राखेर पदाधिकारी र स्थायी समिति सवै भंग गरेर पार्टीलाई महाधिवेशन आयोजक समिति बनाएपछि नेपाल समुह आक्रोशित छ ।


नेपाल पक्षमा रहेका १२ जना स्थायी समिति सदस्यमध्ये आजको बैठकमा नेता गोकर्ण विष्ट भने सहभागी छैनन ।

उनी गुल्मीमा रहेकोले सहभागी नभएका हुन् । ‘म गृहजिल्ला गुल्मीमा छु, त्यही भएर बैठकमा सहभागी नभएको हुँ, बैठकका लागि खवर आएको थियो, आजै मात्र काठमाडौं फर्किदैछु, त्यही भएर सहभागी हुन पाइन,’ विष्टले मेरोन्यूजसँगको कुराकानीका क्रममा भने ।

प्रधानमन्त्री ओलीले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ६ महिनाका लागि पार्टीको सदस्य समेतबाट निलम्वन गरिसकेका छन् ।
त्यस्तै नेपाल सहितकै संघीय संसदका २७ सांसदलाई स्पष्टिकरण सोध्ने काम ओलीले गरेका छन् ।

उनीहरुले स्पष्टिकरण वुझाईसकेपनि के गर्ने भन्नेमा ओलीले निर्णय लिईसकेका छैनन । तर निर्णय गर्ने गरी अधिकार उनले आफु पक्षका नेतालाई मात्र सहभागी गराई बनाएको स्थायी कमिटिलाई दिएका छन् ।

प्रधानमन्त्री ओली सँग नझुक्ने र समानान्तर कमिटि बनाउँदै जाने अभियान चालेका खनाल नेपाल पक्षले अव कुन स्टेप चाल्छन् भन्नेमा अहिले सवैतिर चासो छ । त्यही भएर पनि नेपाल खनाल पक्षले आजको बैठकवाट लिने रणनीति राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

यो पक्षले सर्वाेच्चमा सम्भावित कारवाही रोक्न माग गदै रिट समेत दर्ता गराएको थियो । तर अदालतले रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको थियो । त्यसपछि यो खनाल नेपाल पषको पहिलो स्थायी समिति बैठक हो ।

प्रतिक्रिया