बिहीबार, वैशाख २७, २०८१

साउदीमा अलपत्र परेका भुजेललाई दुतावासले समन्वय गरी स्वदेश पठायो

मेरोन्यूज २०७८ वैशाख १० गते ८:१३

काठमाडौं । मोरङको हरैंचा–९ का बेद बहादुर भुजेललाई आवश्यक प्रक्रिया पूरा गरी दुतावासले साउदी अरबबाट नेपाल पठाएको छ ।

Advertisement

कम्पनी छाडेर अन्यत्र काम गर्दै गर्दा दुर्घटनामा परेका भुजेलको रियादस्थित family care hospital मा उपचार भएको थियो । उपचारका क्रममा ८ लाख २३ हजार रियाल अर्थात २ करोड ५० लाख रुपैयाँ भन्दा बढी खर्च भएको थियो ।

उपचार खर्च व्यहोर्न नसक्ने भएपछि अस्पतालले मुद्धा दायर गरी भुजेललाई दुताबासको जिम्मा लगाएको थियो । सो क्रममा उनले पहिले काम गरेको कम्पनी र उनलाई साउदी पठाउने म्यानपावर कम्पनीले २५/२५ हजार रियाल उपलब्ध गराएका थिए ।

सोही रमकबाट उनको मुद्धा अघि बढेको थियो । यद्धपी दुई वर्षसम्म मुद्धा किनारा लगाउन कुनै प्रगति नभएपछि रियादस्थित नेपाली दुताबासले मुद्धा फिर्ता लिन अस्पताललाई आग्रह गरेको थियो ।

दुताबासको आग्रह अनुसार अस्पतालले मुद्धा फिर्ता लिएपछि भुजेल स्वदेश फर्कने बाटो खुलेको हो ।

प्रतिक्रिया