बुधबार, वैशाख २६, २०८१

काठमाडौंमा सवारीसाधन सञ्चालनमा नयाँ नियम लागू

मेरोन्यूज २०७८ वैशाख ७ गते १५:५६

काठमाडौं । नयाँ भेरियन्टसहितको कोभिड–१९ ९कोरोनाभाइरस० महामारीको संक्रमण बढ्दै गएको भन्दै काठमाडौंमा सवारीसाधन सञ्चालनमा नयाँ नियम लागू गरिएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरिएको हो । सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया