शनिबार, वैशाख १५, २०८१

बन्चरो प्रहार गरी लुटपाट गर्ने ३ जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख ६ गते २०:१५

काठमाडौं । प्रहरीले बन्चरो प्रहार गरी लुटपाट गर्ने ३ जनालाई पक्राउ गरेको छ । यही वैशाख ३ गते राति बालाजु चोक नजिकै चक्रपथमा लुकेर रूकुमका रमेश चनारालाई लुटपाट गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखाको नाम्जुङ्ग–३ स्थायी ठेगाना भई हाल कामपा–१६ बस्ने वर्ष १८ का सुमन परियार, ओखलढुंगाको पतलेछेर्मादिङ गाउँपालिकापा–६ स्थायी घर भई सोही ठाउँ बस्ने वर्ष १८ का छिरिङ मोक्तान र मकवानपुरको पालुङ–८ स्थायी ठेगाना घर भई सोही ठाउँ बस्ने वर्ष २१ का सुरज तामाङ छन् ।

प्रहरीले उनीहरूको साथबाट १ थान कालो बिड भएको फलामे बन्चरो, १ थान सुन जस्तो देखिने अन्दाजी डेढ तोलाको सिक्री र १ थान मोबाइल बरामद गरेको छ ।

उनीहरूले रूकुम मुसिकोटका चनारालाई बन्चरो प्रहार गरी सख्त घाइते बनाई लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गरेर भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिइएको प्रहरी टोलीले उनीहरूलाई गंगाहल नजिकबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया