शुक्रबार, वैशाख १४, २०८१

कोरोना बढ्यो तर भिडभाड घटेन (तस्बिर)

काठमाडौं । पछिल्लो केही दिन यता कोरोना संक्रमण बढ्न थालेको छ । चिकित्सकहरुले पनि कोरोना संक्रमण बढेको हुदाँ जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिरहेका छन् ।

तर मानिसहरुले अझै पनि जनस्वास्थ्यको मापदण्ड पालना गरिरहेको देखिदैन् । अझ काठमाडौ मुटु न्युरोडमा भिडभाड कोरोना काल भन्दा अघिको जस्तो देखिन्छ ।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत भिडभाड हुने स्थानमा नजान र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ । बुधबार नेपालमा युके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्ट देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।

थप हेरौँ तस्बिरमा:-

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया