शुक्रबार, वैशाख १४, २०८१

सूर्य पेन्ट्सलाई प्रशंसापत्र प्रदान

मेरोन्यूज २०७७ चैत २९ गते २०:२९

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारणसभामा सूर्य पेन्ट्स एण्ड केमिकल्सलाई प्रशंसापत्र प्रदान गरिएको छ । साधारणसभामा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले कम्पनीका प्रतिनिधिलाई उक्त प्रशंसापत्र प्रदान गरेका हुन् ।

नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त सो पेन्ट्स केही समयअघि मात्र नेपाली बजारमा आएको भए पनि छोटो अवधिमै ग्राहकको रोजाइमा परेको छ ।

प्रतिक्रिया