शनिबार, वैशाख २९, २०८१

शुक्रबार पनि सुनचाँदीको भाउ बढ्यो

मेरोन्यूज २०७७ चैत २७ गते १५:३७

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदी महंगो भएको छ ।

Advertisement

नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको छ ।

हिजो बिहिबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ८९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले वृद्धि भइ १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ । हिजो बिहिबार चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया