शुक्रबार, वैशाख १४, २०८१

अमेरिकी डलर लगायत अधिकांश देशको मुद्रा सटही सस्तो

मेरोन्यूज २०७७ चैत २७ गते १०:०२

काठमाण्डौं । अमेरिकी डलर लगायक अधिकांश विदेशी मुद्राको भाउ शुक्रबार घटेको छ ।

लगातार ३ दिनसम्म समान रहेको अमेरिकी डलर हिजो बिहिबार बढ्दा आज शुक्रबार घटेर १ अमेरिकी डलरको खदिरदर १ सय १९ रुपैयाँ ५ पैसा तोकिएकोमा बिक्रिदर १ सय १९ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरसँगै अन्य धेरै मुलुकको पनि मुद्रा सस्तो भएको छ । युरो १ को खरिदद १ सय ४१ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर १ सय ४१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६३ रुपैयाँ ६२ पैसा छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

यी लगायत सटहीदर सस्तो हुनेमा क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ४५ पैसा खरिद रहेको छ भने ९४ रुपैयाँ ९३ पैसा बिक्रि मुल्य रहेको विदेशी मुद्रा सटहीमा सिंगापुर डलर १ को खरिद मुल्य ८८ रुपैयाँ ८६ पैसा छ भने बिक्रीदर ८९ रुपैयाँ २१ पैसा तोकिएको छ ।

यसैगरी चाइनिज युयन १ को खरिद १८ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ २७ पैसा कायम भएर सटहीदर घटेको छ ।

यसैगरी कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ५० पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ६६ पैसा कायम रहेको छ । राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा युएइ दिरामको खरिद मूल्य ३२ रुपैयाँ ४१ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ७७ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ९२ पैसा तोकिएर सस्तो भएको हो ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर लगायत केही देशको मुद्रा भने महंगो भएको छ । अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९० रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर ९१ रुपैयाँ ४० पैसा छ । जापानीज एन प्रति १० बराबर १० रुपैयाँ ८७ पैसा बिक्रिदर १० रुपैयाँ ९३ पैसा रहेको छ ।

साउदी अरबियन रियालकोे खरिद मूल्य ३१ रुपैयाँ ७४ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ९० पैसा रहेको छ । यसैगरी साउथ कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ७१ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया