शनिबार, वैशाख १५, २०८१

गगन थापालाई महेश बस्नेतको जवाफ

‘बोकाको शैलीले दाईँ गरिदैन र दाईँ गर्नका लागि गोरुकै शैली चाहिन्छ’

मेरोन्यूज २०७७ चैत २६ गते १७:४४

काठमाडौं । कांग्रेस सांसद गगन थापालाई सत्तारुढ नेकपा एमाले सांसद महेश बस्नेतले सांसदको संख्या कति हो भन्ने सम्झाएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा प्रमुख विपक्षी कांग्रेसका सांसद थापाले ओलीको नेतृत्वमा सरकार बनेपछिका तीन वर्षमा के के भए त्यसमाथि सदनमै बहस गर्न चुनौती दिएका थिए ।

उनले भने “प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने कतिपय साथीभाईहरुलाई म के भन्न चाहन्छु भने, यो बोकाको शैलीले दाईँ गरिदैन र दाईँ गर्नका लागि गोरुकै शैली चाहिन्छ र आज संसदमा सबभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असंख्य योजनाहरुलाई हामीले सके सहयोग गरौ । नसके बस्तुनिष्ठ ढंगले त्यसको विरोध गरौ ।”
प्रधानमन्त्री राजनेताको रुपमा अगाडि बढ्ने लक्षण देखिदै आएको भन्दै उनले सरकारले गरेका विकास निर्माणकाका कामको विरोध गर्ने सांसदहरुलाई ‘मेरो निर्वाचन क्षेत्रमा सडक चाहिदैन’ भनी भन्न चुनौति दिए ।

उनले भने “ रानी पोखरी बनेको, धरहरा ठडिएको, भानु स्कुल बनेको कुराले किन हाम्रो टाउको दुख्दैछ ? एकदिनमा १ सय ९६ अस्पताल सिलन्यास भएको कुराले, १ सय ६४ वटा निर्वाचन क्षेत्रसंग सम्बन्धीत सडकहर रणनैतिक सडकको रुपमा सिलन्यास हुदा किन टाउको दुख्दैछ, एउटा सांसद भौतिक पुर्वाधार मन्त्रालयमा धाएर एउटा सडक प्रस्तुत गर्छ । मेरो निर्वाचन क्षेत्रमा त्यो सडक चाहिदैन भन्ने हिम्मत छ भने हिम्मतका साथ भन्नुहोस् ।”

मेलम्ची, धरहरा लगायत निर्माण आयोजनाहरुको फेयरिस्त दिदै उ उनले सरकारले बैदेशिक व्यापार र गुमेको भूमि फिर्ता ल्याउन महत्वपुर्ण भूमिका खेलेको दाबी गरे ।


उनले भने “यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त अख्तियारलाई बलियो बनाउने भूमिका खेलेको छ सम्पत्ति शुद्धिकरण कार्यालयलाई व्यवस्थित गरेको छ । राजश्व अनुसन्धान जस्ता कार्यालयहरु व्यवस्थित भएका छन् । अनि विगतमा भ्रष्टाचार गरेका नेताहरु अहिले फरार छन् । ती कुन पार्टीमा छन् खोज्नुहोस् । ती नेताहरु अहिले हामीलाई थुन्दैछ सरकारले भनेर गायव भईरहेका छन् । डराईरहेका छन् । टिभिमा इन्टरभ्यु दिईरहेका छन् । ती नेताहरु कुन पार्टीमा छन् खोज्नुहोस् । ”

उनले भने “कतिपय साथीहरुले भन्नुभयो । नेकपा विभाजित भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । यो कु तर्क हो । ”
उनले माओवादी केन्द्रले दिएको विश्वास फिर्ता लिन पनि नसकेको र अविश्वासको प्रस्ताव पनि ल्याउन नसकेको टिप्पणी गरे ।

सभामुखले संसदमा सहभागी हुन प्रधानमन्त्री आएपनि सहभागी हुने वतावरण नमिलाएको आरोप लगाउनुभयो । उहाँले एक महिनाको दौरानमा ६ पटक बैठक बसेको र पहिलो दिनको बैठक नै ढिलो गरी सुरु हुदा ४५ मिनेट बसेर प्रधानमन्त्री फर्किएको उल्लेख गरे ।


उनले भने “जुन दिन प्रधानमन्त्री ज्यु । त्यो दिन सभामुख लगायत कार्यव्यवस्था समितिले ढिलासुस्ति गर्ने र आलटाल गर्ने । पहिलो बैठककै विषय हामी हेर्छो, अध्यादेश पेश गर्न नदिन माओवादी केन्द्रले वहिष्कार गर्यो । कांग्रेसले रोष्टम घेर्ने काम गर्यो । यो तितो यथार्थ र इतिहास हामी सबैले सम्झेका छौ । यहाँ प्रधानमन्त्रीको अनुपस्थिति भयो सदनमा भन्ने ढंगले कुरा उठिरहेको छ । प्रधानमन्त्रीको राजीनामा जबरजस्ती पनि मागिदै छ । प्रधानमन्त्रीलाई गलहत्याउने पनि कुरा गरिदै छ । कतिपय युवा साथीहरुले प्रधानमन्त्रीसंग ठाडठाडै बस गर्ने चुनौति पनि दिईरहनुभएको छ । ”

प्रतिक्रिया