शनिबार, वैशाख १५, २०८१

मन्दिर संरक्षणका नाममा इलाममा दलित परिवारलाई विस्थापित गरेको भन्दै कांग्रेस सांसद परियारले गराइन् सरकारको ध्यानाकर्षण

मेरोन्यूज २०७७ चैत २६ गते १५:१४

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुजता परियारले मन्दिर संरक्षणका नाममा इलाममा दलित परिवारलाई विस्थापित गरेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद परियारले इलाम नगरपालिका वडानम्बर ७ स्थित भिमसेनस्थान मन्दिर संरक्षण र सम्वर्द्धनका बहानामा नगरपालिकाले पुस्तौदेखि बसोबास गर्दै आएका दलितहरूको घरपरिवारलाई उठिवास लगाउने काम गरेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएकी हुन् ।

उनले भनिन् ‘मन्दिर छेउमा दलितको घर भयो, नियमित पुजापाठ गर्दा दलितको अनुहार देख्नुपर्यो, दलितहरुका कारण मन्दिर अछुतो भयो भन्दै इलाम नगरपालिका वडा नम्बर ७ स्थित भिमसेनस्थान मन्दिर संरक्षण र सम्वर्द्धनको बहानामा इलाम नगरपालिकाले इलाम बजारमा पुस्तौदेखि बसोबास गर्दै आएका दलितहरुको घरपरिवारलाई उठिवास लगाउने कार्य गरेको छ । ’

‘यो दलितमाथिको विभेदको पराकाष्ठा हो । दलितहरुको जनजीवन भन्दा मन्दिरको संरक्षण कसरी महत्वपुर्ण हुनसक्छ ?’ परियारको प्रश्न छ 

प्रतिक्रिया