शुक्रबार, वैशाख १४, २०८१

झिनो अंकले नेप्से उकालो

मेरोन्यूज २०७७ चैत २३ गते १७:४९


काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक साताको दोस्रो दिन (आज) सोमबार झिनो अंकले अकालो लागेको छ । शुरुको दिन (हिजो) आइतबार २६ अंकले सुधार देखिएको बजार परिसुचक सोमबार १ दशमलब १३ अंकले हरियो चिन्ह् देखिदै २ हजार ६ सय ५८ दशमलब ७४ अंकमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।


स्टक एक्सचेञ्जका अनुसार हिजो आइतबार जस्तै कूल २१२ कम्पनीको ७३ हजार ५५८ कारोबारबाट ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १ सय ५६ रुपैयाँ बराबारको १ करोड ५८ लाख ५३ हजार ९ सय ६३ कित्ता शेयर किनबेच भएको छ ।


सोमबार सबैभन्दा बढी व्यापार समुहले कमाएको छ । जसको शेयर ३ दशमलब २४ प्रतिशत तथा ११४ दशमलब ८ अंकले सुधार आएको छ । हिजो आईतबार सबैभन्दा धेरै कमाएको निर्जीबन बीमाले सोमबार सबैभन्दा धेरै घाटा व्यहोर्यो ।

निर्जीबनको शुन्य दशमलब ७५ प्रतिशत अर्थात् १०६ दशमलब ६५ अंकले घाटा व्यहोरेको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया