शुक्रबार, वैशाख १४, २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

मेरोन्यूज २०७७ चैत २२ गते ८:४७

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजका लागि बोलाएको स्थायी कमिटीको बैठक स्थगित गरेको छ । आज विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको नेता देव गुरुङले जानकारी दिए

केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको उनले जानकारी दिए ।

माओवादी केन्द्रले सरकारलाई दिइएको समर्थन आजको स्थायी कमिटी बैठकबाट फिर्ताको निर्णय लिने चर्चा थियो ।

प्रतिक्रिया