बुधबार, वैशाख २६, २०८१

हात्तीपाइले रोग विरुद्ध भोलिबाट १२ जिल्लामा औषधी खुवाईंदै

मेरोन्यूज २०७७ चैत १९ गते ७:४७

काठमाडौं । सरकारले भोलिबाट १२ जिल्लामा हात्तीपाइले रोग निवारणका लागि औषधी सेवन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सूचना जारी गर्दै औषधी सेवन कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।

झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा औषधी सेवन कार्यक्रम सञ्चालन हुने महाशाखाले जनाएको छ ।

कार्यक्रम सञ्चालन हुने जिल्लामा यो औषधी खान योग्य सबैले खानुपर्ने महाशाखाको सूचनामा उल्लेख छ । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा ओछ्यानमा परेका सिकिस्त बिरामीले यो औषधी सेवन गर्न नहुने महाशाखाले जनाएको छ ।

यो औषधीले हात्तीपाइले रोग लागिसकेकाको उपचार हुनुका साथै रोग लाग्नबाट बचाउने छ । हात्तीपाइले रोग एक प्रकारको जुका जस्तै परजीवीले गराउने र सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

मानिसको शीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र लक्षण देखिने तथा लक्षण देखिएपछि निको नहुने भएकाले औषधी सेवन गर्न सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया