शुक्रबार, वैशाख १४, २०८१

नेपाली बजारमा सुनचाँदी लगातार सस्तो

मेरोन्यूज २०७७ चैत १८ गते १३:५७

काठमाडौं । सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । मंगलबार ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आज बुधबारका लागि चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँले घटाएको छ । अघिल्लो कारोबार दिन १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार १ हजार १ सय ९५ रुपैयाँ कायम छ ।

प्रतिक्रिया