शुक्रबार, वैशाख १४, २०८१

नेप्सेमा निरन्तर गिरावट

मेरोन्यूज २०७७ चैत १६ गते १६:४८

गत सातादेखि ओरालो लागेको शेयर कारोबार मापक नेप्से यो साताको पहिलो कारोबारले निरन्तरता पाएको छ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक यो साता कारोबार भएको पहिलो दिन आज सोमबार ५ दशमलब ४५ अंकले ओरालो लागेको छ ।

आइतबार होली पर्वले बन्द भएको शेयर कारोबार गत साताको अन्तिम दिनको तुलनामा शुन्य दशमलब २१ प्रतिशतले घटेर २ हजार ५ सय ४३ दशमलब ५२ बिन्दुमा पुगेको हो ।

कारोबार भएका २ सय ९ कम्पनीका ६४ हजार ५ सय १५ कारोबारबाट ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँ बराबरका ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।


‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शुन्य दशमलब ३९ अंकले घटेर ४ सय ४९ दशमलव ९२ अंकमा बन्द भएको छ ।


कूल नेप्सेमा रातो चिन्ह् देखिएपनि उन्नती लघुवित्तको शेयर उकालो लागको छ । उन्नतीकोको शेयर मूल्य आज सोमबार प्रतिकित्ता २ हजार ७ सय ६१ रुपैयाँ कायम भएकोे स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया