शुक्रबार, वैशाख १४, २०८१

असुरक्षित चक्रपथ : कतै छैनन् जेब्रा क्रसिङ, कतै पुलमाथि हिँड्दैनन् सर्वसाधारण (फोटो फिचर)

काठमाडौं । राजधानीकै चक्रपथ असुरक्षित छन् । कोटेश्वरबाट कलंकीसम्म जम्माजम्मी ५ वटा मात्रै आकाशे पुल छन् । त्यसमध्ये पनि केही पूर्ण छन् त केही अझै निर्माणकै चरणमा छन् ।

आकाशे पुल भएको ठाउँमा पनि सर्वासाधारणले पुलको प्रयोग गर्दैनन् । सडकबाटै जथाभावी बाटो काट्ने गरेका भेटिन्छन् । कतिपयमा जेब्रा क्रसिङ नै अनुपयुक्त ठाउँमा राखिएका छन् । जसले गर्दा दुर्घटना निम्त्याउने जोखिम उत्तिकै छ ।

सानेपामा भएको जेब्रा क्रसिङमा ट्राफिक लाइट नै छैन । कतिपय ठाँउमा जेब्रा क्रसिङ नै छैन । जसकारण पैदलयात्रुले जथाभाबी बाटो काट्ने गरेका छन् । फरक क्षमता भएका व्यक्तिका लागि त चक्रपथ झन् अनुकूल छैन । मेराेन्यूजकर्मी जुली गिरिले खिचेका केही तस्वीरहरू ।

प्रतिक्रिया