शनिबार, वैशाख १५, २०८१

सकेसम्म कोशीमा मध्यावधि निर्वाचन गर्नुहुँदैनः अध्यक्ष नेपाल (भिडियाे)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताए ।

नेपालले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भएपनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभइ मिलेर सरकार बनाउनुपर्ने बताए ।

उनले कोसी प्रदेश सरकार मध्यावधिमा नजान दलहरू मिल्नु पर्ने अन्यथा चुनावमा जानुपर्ने विकल्पमात्रै बाँकी रहने बताए ।

“अहिले हामीसँग चार सिट छ, सिट संख्या बढेर दोब्बर, तेब्बर ल्याउन सक्छौँ भन्ने विश्वास छ । कोही पार्टीको २९ वटा सिट छ, चुनाव भएपछि त्यो आउँदैन भन्ने डर पनि छ,” उनले भने, “अरुलाई डर होला, हामी त त्यो बेलामा जति सिट लिनुपर्ने थियो, लिन सकिएन । हाम्रो पार्टी सकभर त्यता नगइ कुनै न कुनै उपाय निकालियोस् भन्ने पक्षमा छौँ ।”

अध्यक्ष नेपालले कोशी प्रदेश सरकार मध्यावधि चुनावमा नगइ टिकाइरहन कुनै उपाय निकालिनुपर्ने बताए ।

प्रतिक्रिया