शुक्रबार, वैशाख १४, २०८१

माछापुच्छ्रे बैंकले ल्यायो ‘स्मार्ट डलर कार्ड’

मेरोन्यूज २०७७ चैत १३ गते १८:२७

काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेडले ‘एमबिएल स्मार्ट डलर कार्ड’ संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैंक आज शुक्रबारदेखि सो कार्ड सञ्चालमा ल्याएको हो ।

माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकले आफ्नो स्थायी लेखा नम्बर (प्यान) परिचयपत्र पेस गरेर ५०० अमेरिकी डलर बराबरको कार्ड प्राप्त गर्न सक्नेछन् । उक्त कार्डमार्फत भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको इकमर्स साइटमार्फत अनलाइन भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा ग्राहकमाझ पुर्‍याउँदै आएको माछापुच्छ्रे बैंकले हालै मात्र नेपालका वाणिज्य बैंकको इतिहासमा पहिलोपटक आफ्नै ‘मोबाइल वालेट रेमिट्याप’समेत संचालनमा ल्याएको छ ।

प्रतिक्रिया