शुक्रबार, वैशाख १४, २०८१

बयस्कमा भन्दा बालबालिकामा कोभिडविरुद्ध एन्टिबडी बढी मजबुत हुने – अध्ययन

मेरोन्यूज २०७७ चैत १३ गते १३:०६

काठमाडौं । बालबालिकाहरुमा कोरोना भाइरसविरुद्धको एन्टिबडी प्रतिक्रिया बयस्क भन्दा बढी मजबुत हुने देखिएको छ । एक अध्ययनअनुसार १० वर्षभन्दा कम उमेरका बालबालिकाहरुमा एन्टिबडी बढी मजबुत देखिएको हो । जामा (जेएएमए) नेटवर्क ओपन जर्नलमा प्रकाशित सो अध्ययनले बच्चाहरूमा कोभिड संक्रमण कम हुनुका कारण र संक्रमण भएपनि गम्भीर अवस्था नुहने देखाएको छ ।

सो अध्ययनमा ३२ हजारलाई सामेल गरिएको थियो । जसमध्ये १ हजार २ सय १० वर्षभन्दा मुनिका बालबालिका र ३० हजार बयस्क मानिसमा पहिले संक्रमण भएको देखिएको थियो । अध्ययनकर्ताहरूले पछि छुट्टाछुट्टै समूहमा अध्ययन गर्दा ८५ जना बच्चाहरू र ३ हजार ६ सय ४८ बयस्कमा एन्टिबडीलाई निष्क्रिय बनाउने इम्युनोग्लोब्युलिन जी रहेको देखिएको थियो ।
बच्चाहरूमा प्रतिरोधात्मक प्रतिक्रिया बयस्कमा भन्दा राम्रो हुने भएकाले उनीहरूमा कोरोना संक्रमण कम हुने समेत उक्त अध्ययनले देखाएको छ ।

प्रतिक्रिया