शुक्रबार, वैशाख १४, २०८१

खरिदारको प्रथम चरणको लिखित परीक्षामा १२ हजार ८२ जना सफल

मेरोन्यूज २०७७ चैत ११ गते १६:४७

काठमाडौं। लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नजिता प्रकाशन गरेको छ ।


१४ वटा अञ्चल कार्यालयहरूबाट फागुन २९ गते लिएको लिखित परीक्षाको नतिजा आयोगको केन्द्रीय कार्यालयले आज प्रकाशन गरेको हो ।

प्रथम चरणको लिखित परीक्षामा कूल २२ हजार ९२० जना सहभागी थिए । सहभागीमध्ये १२ हजार ८२ जना सफल भएका छन् ।
उनीहरूले साविककै प्रवेशपत्रबाट प्रथम चरणको लिखित परीक्षा दिएको आयोगका कार्यालयहरूबाटै दोस्रो चरणको परीक्षा दिन पाउने आयोगले जनाएको छ ।

यस्तै आयोगले उत्तरपुस्तिकामा ‘की’ उल्लेख नगरेका ६७ जनाको भने परीक्षा रद्द गरेको जनाएको छ ।

प्रतिक्रिया