मंगलबार, वैशाख १८, २०८१

औषधि व्यवस्था विभाग अगाडि निःशुल्क सिटामोल वितरण अभियान सुरु

मेरोन्यूज २०७८ माघ १२ गते १६:३९


काठमाडौं । बिजुलीबजारस्थित औषधि व्यवस्था विभाग अगाडि निःशुल्क सिटामोल तथा मास्क वितरण अभियान सुरु भएको छ । औषधि आयातकर्ता तथा वितरक आयान हेल्थकेयरले निःशुल्क सिटामोल वितरण अभियान सुरु गरेको हो ।

आयान हेल्थकेयरका सञ्चालक अबुल हुसेन अन्सारीले आगामी सात दिनसम्म पनि सिटामोल सहज उपलब्ध गराउँन थालिएको बताए । उनले भने, सिटामोलको सहज उपलब्ध नभएमा यो अभियान सातै प्रदेशमा निःशुल्क वितरण सुरु गरिने जानकारी दिए ।


चिकित्सकसहितको वितरण टोलीले नागरिकको स्वास्थ्य परीक्षण गरेर तथा घरमा सिटामोल चाहिने बिरामी भएको जानकारी गराउँनेलाई एक पत्ताका दरले सिटामोल दिइने छ ।

प्रतिक्रिया