मंगलबार, वैशाख १८, २०८१

आज तपाईंको राशीफलले के भन्छ ?

मेरोन्यूज २०७८ माघ ४ गते ६:५९

काठमाडौँ । ४ माघ, २०७८, तदनुसार जनवरी १८ तारिक २०२२ मंगलबार । माघकृष्णपक्ष प्रतिपदा तिथि, जनबोलीमा परेवा तिथि भनिन्छ । बालब करण, पुष्य नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा कर्कट राशिमा छ ।

मेष
हरेक मंगलबार नयाँ कामको शुरुवात गर्न सकिनेछ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भएपनि आर्थिक व्यय र हानी हुने देखिन्छ यात्रामा निस्कदा अर्थहानी हुने सम्भावना रहन्छ ।

वृष
अध्ययन अध्यापनमा समय दिनुभयो भने मनमा चिन्ता हटनेछ । आजको दिन यात्रा गर्नु खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सामाजिक सेवा र अध्यात्म सेवाको काममा मन लगाउनु होला ।

मिथुन
आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु ठीक होला । व्यापारमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईंलाई निकै फाइदा हुन्छ । आवश्यकभन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने गर्नुहोला ।

कर्कट
तपाईंका लागि आजको दिन अनुकल देखिन्छ । चन्द्रमाको साथ छ, आज धन प्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । सकारात्मक सोच राखेर काम गर्नुभयो भने सफलता मिल्नेछ ।

सिंह
आजको दिन तपाईंले घरपरिवार र मित्रसँग अनावश्यक विवाद हुनसक्छ त्यसैले विचार गर्नुहोस् । लामो दूरीको यात्रा पनि नगर्दा बेस हुनेछ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट धोका हुनसक्छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ ।

कन्या
दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना तय हुन सक्छ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मानसमेत मिल्नेछ । तपाईंले गरेको कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा खुसियाली छाउने छ ।

तुला
अनावश्यक यात्रा र अनावश्यक खर्च व्यय बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।

वृश्चिक
स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईंको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु
तपाईंलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन कसैलाई धन सापटी दिनुभयो भने फिर्ता हुने सम्भावना कम हुन्छ । व्यापारमा तपाईंले गरेको लगानीमा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मकर
आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईंले आज आफ्नो बसोबास भएकोे स्थानमा रहेको मठमन्दिर वा गणेशको मन्दिरको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

कुम्भ
समय गणना अनुसार आजको दिन अनुकुल देखिदैन, नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला ।

मीन
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मीन राशिका जातकले मंगलबारका दिन लेख्ने र पढ्ने कामको शुरुवात गर्नसक्नुहुन्छ । कुनै नयाँ पुस्तक खरिद, बस्त्र खरिद र दान र शिवालय र देवालयमा गएर भोकाहरुलाई खानेकुरा खान दिनुभयो भने तपाईको उन्नती र प्रगति हुँदै जानेछ ।

प्रतिक्रिया