छ जिल्ला कोरोनाको रेडजोनमा
मेरोन्यूज
२०७८ पुष ३० गते १७:४६
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लासहित छ जिल्ला कोरोना संक्रमणको रेड जोनमा परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी र कास्कीमा सक्रिय संक्रमित ५ सय नाघेका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र सक्रिय संक्रमित संख्या १० हजार ८११ पुगेको मन्त्रालयले जनाएको छ ।
झापा, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलालीमा पनि संक्रमित बढिरहेका छन् । ती जिल्लामा सक्रिय संक्रमित संख्या दुई सय भन्दा बढी पुगेका छन् ।
सम्बन्धित
प्रतिक्रिया