निधिले भने- आफूलाई मतदान गर्दा छुटै अनुभव भयो
मेरोन्यूज
२०७८ मंसिर २७ गते १४:२९
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका विमलेन्द्र निधिले आफूलाई मतदान गर्दा छुट्टै अनुभव भएको बताएका छन् ।
उनले कांग्रेसको १३औं महाधिवेशनसम्म अरुलाई मत दिने गरेकोमा १४औं मा आफूलाई मतदान गर्दा छुट्टै अनुभव भएका बताएका हुन् । उनले आफूलाई मतदान गर्न करिब ५० मिनेट लागेको बताए ।
उनले आफ्नो जित सुनिश्चित भएको पनि बताए । शुक्रबारबाट सुरु भएको कांग्रेसको महाधिवेशनमा आज मतदान हुँदैछ । महाधिवेशनमा करिब ४ अजार ७ सय प्रतिनिधिले मतदान गर्ने छन् ।
सम्बन्धित
प्रतिक्रिया