कांग्रेस प्रदेश अधिवेशन : तीन सदस्य निर्विरोध
मेरोन्यूज
२०७८ मंसिर १८ गते ८:१०
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा तिन जना निर्विरोध चयन भएका छन् । कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलक राज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन् ।
शुक्रबार उम्मेदवारहरुको मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेकाले उनीहरु निर्विरोध भएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए । उनीहरु जिल्ला भूगोल कोटाबाट संख्याभन्दा बढी उम्मेदवारी नपरेपछि निर्विरोध भएको उनले बताए ।
आज (शनिबार) बिहान ९ बजेदेखि ३ बजेसम्म मतदातन हुने कार्य तालिका रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया