दरबारमार्गबाट अवैध ६० लाख रुपैयाँ बरामद
मेरोन्यूज
२०७८ मंसिर १८ गते ७:२९
काठमाडौँ । दरबारमार्गबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद भएको छ । प्रहरीले सो रकम हुन्डी कारबारीको भएको अनुमान गरेको छ ।
रकमसहित पाँच जना पक्राउ गरेको बताइएपनि उनीहरुलाई तत्काल सार्वजनिक गरेको छैन । प्रहरीले यसको विवरण संकलन गरिरहेको जनाएको छ ।
शुक्रबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको एक टोलीले दरबारमार्गको एक पसलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया