मंगलबार, वैशाख १८, २०८१

थप २४६ जनामा कोरोना संक्रमण, ३४७ जना निको

मेरोन्यूज २०७८ मंसिर १७ गते १६:२७

काठमाडौं । नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ८३६ जनाको कोरोना परीक्षण गर्दा २४६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

६ हजार ४०० जनाको पिसिआर परीक्षण र १४३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

यसैबीच, पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट ३४७ जना निको समेत भएको पनि मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा भने शुक्रबार ९३ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५५, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन् ।

नेपालमा हाल ६ हजार ९२१ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया