मंगलबार, वैशाख १८, २०८१

माओवादीको केन्द्रीय प्रतिनिधी बने अखिल क्रान्तिकारीका पूर्व विधार्थी नेताहरु

मेरोन्यूज २०७८ मंसिर १६ गते १९:३८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले युवा विधार्थी सहितका १३ जनालाई केन्द्रीय प्रतिनिधी बनाएको छ । विहिवार वसेको माओवादी केन्द्रको स्थायी कमिटि बैठकले पूर्व विधार्थी नेताहरुसहित लाई केन्द्रीय प्रतिनिधी बनाएको हो ।

यसरी प्रतिनिधी बनाइएकामा रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल, सन्तोष बिस्ट, रन्जित तामाङ, उत्तम अधिकारी, सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, विजय गौतम हुन् । मल्ल, न्यौपाने , ढकाल, बिस्ट र तामाङ अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हुन् । अधिकारी, बस्नेत, देवकोटा, भण्डारी र गौतम अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका आकाक्षी थिए । अध्यक्ष प्रचण्डले आकाक्षी नेताहरुलाई केन्द्रीय सदस्य बनाउने भन्दै पञ्चा सिंहलाई विधार्थीको अध्यक्ष बनाएका थिए ।

त्यसैगरी गगन खडका, महेन्द्र केसी र श्रीकृष्ण अधिकारी (विवेक) लाई पनि केन्द्रीय प्रतिनिधी बनाइएको छ । खड्का विप्लवको पार्टी छोडेर केही अगाडी माओवादी केन्द्रमा फर्किएका थिए । श्रीकृष्ण अधिकारी नुवाकोटका पूराना माओवादी नेता हुन् ।

विधार्थीलाई केन्द्रीय प्रतिनिधी बनाउँदै गर्दा खडका, केसी र अधिकारीलाई पनि थप गर्ने निर्णय माओवादी केन्द्रको स्थायी कमिटि बैठकले गरेको हो ।

प्रज्ञा भवनमा राष्टिय सम्मेलन


माओवादी केन्द्रले पुस ११ देखि १३ सम्म काठमाडौंको प्रज्ञा भवनमा पार्टीको राष्टिय सम्मेलन गर्ने भएको छ । काठमाडौंमा सम्मेलन गर्ने भनेपनि स्थान तय भएको थिएन । विहिवारको स्थायी कमिटि बैठकले राष्टिय सम्मेलन आयोजना गर्ने स्थान तय गरेको हो ।

त्यस्तै २५ मंसिरको प्रदेश सम्मेलन सात ओटै प्रदेशको एकैपटक अध्यक्ष प्रचण्डले दिउँसो १ बजे उद्घाटन गर्ने निर्णय पनि माओवादीको छ । बागमती प्रदेशको सम्मेलन स्थलवाट विगतमा वाईसिएलले राष्टिय भेला गरेको जस्तै गरी सवैलाई जोडेर एकैपटक भर्चुअल माध्यमबाट प्रचण्डले उदघाटन गर्नेछन् ।

प्रतिक्रिया