मंगलबार, वैशाख १८, २०८१

नाडा निर्वाचन : ध्रुव थापाको पक्षमा गण्डकी प्रदेश

मेरोन्यूज २०७८ मंसिर १४ गते १३:५८

पोखरा । नाडा अटोमोवाइल्स एशोसिएसनअफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षमा उम्मेदवारी घोषणा गरेको ध्रुव थापाको टीम पोखराका अटोमोवाइल व्यवसायीको बिच पुगेको छ । पोखराको एक ब्याङक्वेटमा थापाको टीम र त्यहाँका स्थानिय व्यवसायी बीच अन्तक्र्रिया कार्यक्रम आयोजना भएको हो ।

नाडाको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका ध्रुव थापालगायत उनको सम्पूर्ण टिमको कार्यक्रममा कास्की जिल्लाका पोखरा, लेखनाथ, नयाँबजार क्षेत्रमा व्यवासय गर्ने व्यवसायीको साथै, बाग्लुङ, पर्वत, तनँहु जिल्लाका अटो व्यवसायीहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा नाडाका सम्पूर्ण पूर्वअध्यक्षहरुको समर्थन ध्रुव थापा समूहलाई रहेको जानकारी गराइएको थियो ।

नाडा नेपाल अटोमोबाइल्स् एसोसिएशन अफ नेपालका बर्तमान कार्यसमिति सदस्य तथा ध्रुवबहादुर थापा प्यानलबाट उमेद्वारी दिएका कपिल शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा पश्चिमाञ्चल अटोमोवाइल्स डिलर एसोसिएसका पुर्व अध्यक्ष माधवप्रसाद पौडेलले कार्यक्रममा स्वागत मन्त्यव्य राखेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानून, न्याय तथा सञ्चार मन्त्री बिन्दुकुमार थापा, लायन्स मल्टिपल ३२५ नेपालकापूर्व मल्टिपल काउन्सिल चेयरपर्सन लायन प्रेम बहादुर श्रेष्ठ, नेपालउद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्षका प्रत्यासी उम्मेदवार थापाले आफु र आफ्नो टिम नेतृत्वमा आएपछि गरिने नीतिगत सुधारहरु, सचिवालयमा गरिने सुधारहरु, नाडा अटो सोको प्याटेन्ट लिने, मोफोसलमा पनि केन्द्र कै आयोजनामा अटो शो गरिने, सदस्यहरुको क्षमता अभिबृद्धि गरिन, कुनै पनि व्यवसायीले अटोमोबाइल क्षेत्रका जानकारी लिन चाहेमा सदस्य व्यवसायीले चाहिएको जस्तो डाटा व्यवस्थापन गरेर उपलब्ध गराउन डाटा हबको निर्माण गर्ने र संस्थात रुपमा नाडाका तर्फबाट गरिने समाजिक उत्तरदायित्वका कार्यहरुको बारेमा आफ्नो स्पष्ट धारणाहरु राखेका थिए ।

अहिले नाडामा साना, मझौलादेखि लिएर ठूला व्यवसायिक घरानाहरुको समेत सहभागिता रहेकोले सबैलाई समेटेर लैजानु पर्ने आवश्यक्ता रहेको बिषयमा पनि उनले प्रकाश पारे । नाडाको सातै प्रदेशमा संगठन बिस्तार भएपनि सबै व्यवसायीलाई समेट्न बाँकी रहेको भन्दै, प्रदेशमा रहेका संगठनलाई थप अधिकार प्रयोजन गरी आर्थिक रुपमा पनि सवल र सक्षम बनाउनु पर्ने आवश्यक्ता रहेको उनले बताए ।

थापाले चुनावपश्चात आफू लगायत आफ्नो टीमले सम्पूर्ण सानातथा ठूला व्यवसायीलाई समान सम्झेर नाडाको विधि र विधानअनुसार कामगर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया