एमाले महाधिवेशनको मतदान अन्तिम चरणमा
मेरोन्यूज
२०७८ मंसिर १४ गते १०:४८
काठमाडौँ । नेकपा एमालेको जारी १० औँ महाधिवेशनको मतदान सकिएको छ । चितवनको सौरहमा भएको महाधिवेशनको मतदान आज बिहान ४ बजेदेखि सुरु भएको हो ।
एमालेको मतदानमा दुई हजार ७९ मत खसेको महाधिवेशनको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ‘करिब दुई हजार ७९ मत खसेको छ, अब केहीबेरमा नै मतदान सकिन्छ, अनि सबै बाहिर आउने छ,’ उनले भने ।
एमाले महाधिवेशमा कूल दुई हजार १५३ प्रतिनिधिहरू रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया