मंगलबार, वैशाख १८, २०८१

डेढ दर्जन अन्तर्राष्ट्रिय भाइचार पार्टीहरुले दिए एमाले महाधिवेशनको शुभकामना

कांग्रेस आईका नेता अखिलेशप्रसाद बन्दसत्रमै प्रवेश नगरी फर्किए

मेरोन्यूज २०७८ मंसिर ११ गते १७:१०

चितवन । नेकपा एमालेको जारी दशौं महाधिवेशनका लागि डेढ दर्जन बढी भाइचारा पार्टीहरुले शुभकामना सन्देश दिएका छन् ।

एमालेले आमन्त्रण गरेका अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरु मध्ये केही अधिवेशनमै उपस्थित भए पनि अधिकांशले शुभकामना सन्देश पठाएका छन् ।
कम्बोडियाको नेशलन एसेम्बली मेम्बर, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका नेता बीरेन्द्रप्रसाद गुप्ता, लिभरेशन फ्रन्ट जेभिपी श्रीलंकाका प्रतिनिधिले महाधिवेशनको बन्दसत्रमा नै उपस्थित भएर शुभकामना दिए ।

कांग्रेस आईका नेता अखिलेशप्रसाद महाधिवेशनमा शुभकामना दिन चितवन आए पनि कार्यक्रम ढिला भएपछि बन्दसत्रमा प्रवेश नै नगरी फर्किएका छन् । ढिला भएकाले आफ्नो प्लेन छुट्ने भन्दै पार्टी अध्यक्ष सोनिया गान्धीको पत्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएर फर्किएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटी, फ्रेन्च कम्युनिस्ट पार्टी र टर्कीको भचन पार्टीले भिडियो सन्देश पठाएका थिए भने अन्यले लिखित रुपमा सन्देश पठाएका थिए । भाइचारा पार्टीहरुले शुभकामना सन्देशको अनुवाद एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले पढेर सुनाएका थिए ।

प्रतिक्रिया