मंगलबार, वैशाख १८, २०८१

सवारी दुर्घटना गराई फरार व्यक्ति पक्राउ

मेरोन्यूज २०७८ मंसिर ९ गते ११:५६

काठमाडौँ । काठमाडौँको नक्सालबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा फरार भक्तपुर ठिमी नगरपालिका १३ का ४४ वर्षीय राम भक्त श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठले २०५८ साल पुष १५ गते बिहान ४ः३० मा काठमाडौँको कोटेश्वरमा बा २ प ७३६५ नम्बरको मोटरसाइकल दुर्घटना गराई फरार भएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।

प्रतिक्रिया