मंगलबार, वैशाख १८, २०८१

मन्त्रीहरुलाई नेकपा एकीकृत समाजवादीको १० बुँदे निर्देशन (अपानीसहित)

मेरोन्यूज २०७८ असोज ३१ गते १८:५४


काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई १० बुँदे निर्देशन जारी गरेको छ । कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी स्थायी कमिटि सदस्य विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी भएका थिए ।

नेकपा एकीकृत समाजवादीका नेताहरु विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले, किसन श्रेष्ठ मन्त्रीमा र भवनाी खापुड राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भएका थिए ।

मन्त्रीहरुलाई नेकपा एकीकृत समाजवादीले १० बुँदे निर्देशन आफ्ना मन्त्रीहरुलाई गरेको छ । अध्यक्ष माधव नेपालले अन्तरपार्टी निर्देशन जारी गदै १० बुँदे निर्देशन गरेका हुन् ।

नेपालले जारी गरेको अपानीमा सरकारमा रहेर देश र जनताको निम्क्ति राम्रो काम गर्न सकियोस् भन्ने उदेश्यले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई पार्टी अध्यक्षले निर्देशन जारी गरेको उल्लेख छ ।


नेकपा एकीकृत समाजवादीले जारी गरेको निर्देशन यस्तो छ :-


१) इमान्दारिता र कर्तब्य निष्ठाका साथ काम गर्ने ।
२) राष्ट र जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्ने ।
३) नीजि स्वार्थ, अनियमितता र भष्टाचारबाट मुक्त रहने ।
४) योग्यता, क्षमता र कार्यसम्पादनमा उत्कृष्टताको आधारमा ब्यक्तिको छनौट गरी जिम्मेवारी दिने ।
५) विवादमा पर्ने कुनै पनि काम नगर्ने ।
६) स्वच्छ र सादा जीवन, असल आचरण र सस्कारको अवलम्वन गर्ने ।
७) पार्टीको नेतृत्व र सम्वन्धित विभागसँग समन्वय गरी काम गर्ने र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्ने ।
८) सम्वन्धित क्षेत्रका विज्ञ तथा अनुभवी ब्यक्तिहरुबाट नियमित रुपमा राय परामर्श लिने ।
९) नेता, कार्यकर्तासँग जीवन्त सम्र्पकराखी छिटो छरितो ढंगले काम गर्ने ।
१०) पाँच दलीय गठवन्धनको भावना अनुरुप अन्य दलहरुसँग सहकार्य गर्ने ।

प्रतिक्रिया