आइतबार, वैशाख २३, २०८१

थप ७ सय ९२ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

मेरोन्यूज २०७८ असोज २६ गते १७:१६

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७०६० नमूनाको पीसीआर र २ हजार ५५९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ६९१ र एन्टिजेन विधिबाट १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

मन्त्रालयका अनुसार सोही कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको हो। मन्त्रालयका अनुसार मंगलबार थप ९ सय १० जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३०६ जनाको भेन्टिलेटरमा र १०२ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा ६९ हजार ८२४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया