मंगलबार, वैशाख १८, २०८१

प्रदेश १ मा ९३ संक्रमित थपिए, २७९ जना निको भए

मेरोन्यूज २०७८ असोज २३ गते २०:३७

काठमाडौँ । प्रदेश १ मा शनिबार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३५० जनाको पिसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण प्रदेशमा पाँच जिल्ला मोरङमा २८ मध्ये विराटनगरमा २२, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश बाहिरका एक एक जनामा संक्रमण भएको हो ।

प्रदेशमा आजै १४३ महिलासहित २७९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया