थप १,१५८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज १२ गते १६:३६
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११५८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ३ जनाको कोरोना परीक्षण गर्दा ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१३१८ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १८ हजार ४२२ छ । हालसम्म ७ लाख ६३ हजार ३३४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ११५ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया