मंगलबार, वैशाख १८, २०८१

वर्षाले मैदान हिलाम्मे, ईपीएल क्रिकेट स्थगित

मेरोन्यूज २०७८ असोज १२ गते १५:४३

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट वर्षाका कारण लगातार प्रभावित भएको छ ।

पहिलो दिनको उद्घाटन खेल बाहेक अन्य सबै खेल वर्षाको कारण प्रभावित भएको हो ।

वर्षाले पीच भिजेपछि मंगलबार काठमाडौं किंग्स ११ र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ ।

वर्षाले मैदान भिजेको कारण काठमाडौं र पोखराबीचको खेल स्थगित गरिएको हो । वर्षाका कारण मैदान हिलाम्मे भएकाले मंगलबारको खेल पनि स्थगित गरिएको आयोजकले जनाएको छ ।

आइतबार पहिलो इनिङ्स नसकिँदै पानी परेपछि पोखरा र भैरहवाको खेल रद्द भइ अंक बाँडिएको थियो ।

प्रतिक्रिया