मंगलबार, वैशाख १८, २०८१

ला लिगामा लेभान्टेममाथि बार्सिलोनाको जित

मेरोन्यूज २०७८ असोज ११ गते ७:२९

काठमाडौँ । बार्सिलोनाले स्पानपिस ला लिगामा लेभान्टेलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदानमा आइतबार भएको खेलमा अंशु फातीले पुनरागमन गर्दै गोल गर्दा बार्सिलोनाले लेभान्टेमाथि ३-० को जित निकालेको हो ।

चोटका कारण लामो समयसम्म मान बाहिर रहेका फातीले ११ महिनापछि पुनरागमन गर्दै गोल गरेका हुन् । बार्सिलोनाको जीतका लागि मेम्फिस डिपाए र लुक डे जोङले पनि एकरएक गोल गरे । ७ खेलबाट १७ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ भने लेभान्टे ४ अंकसहित १७औं स्थानमा छ।

प्रतिक्रिया