बुधबार, वैशाख १९, २०८१

जागिरबाट ३० पटक निकालिए, अहिले विश्वकै धनाड्यहरुमा परे

मेरोन्यूज २०७८ असोज ९ गते १३:१४

काठमाडौँ । जीवनमा धेरै मानिसहरू असफलताले छियाछिया भएका हुन्छन् । हामी सोच्ने गर्छौं कि असफलता हाम्रो दुश्मन हो ।

तर, हामी जति असफल हुन्छौँ, त्यति नै अवसरले पर्खेका हुन्छन् । प्रायः धेरै मानिस कयौँपटक असफल भएर मात्रै सफलताको शिखरमा पुगेका हुन्छन् । असफलतापछि सफल भएका व्यक्तिमध्ये एक हुन, चिनियाँ नागरिक ज्याक्मा ।

बुवा मा लाइफा र आमा किउवाङ्गको कोखबाट दोस्रो सन्तानका रुपमा जन्मिए । सन् १९६४ सेप्टेबर १० मा चीनको जेजिङ्ग राज्यको ह्याजाउङ शहरमा जन्मिएका उनी सानैदेखि चञ्चले स्वाभावका थिए । सानैदेखि पढाईमा रूची थिएन, तर अंग्रेजी भाषा बोल्न अत्यन्तै रूची राख्थे ।

पढाईमा ज्याक्मा ४ कक्षामा २ पटक, कक्षा ८ मा ३ पटक फेल भए । स्नाकोत्तर प्रवेश परीक्षमा ५ पटक फेल भए । हवार्ड विश्वविद्यालयमा प्रवेश गर्न १० पटक असफल भएपछि उनी आफ्नै शहरको एक कलेजमा भर्ना भए ।

पढाईसँगै उनी जागिरको खोजीमा हिँडे । तर, उनी जागिर पाउनबाट ३० पटक असफल भए । उनी बस्दै आएको शहरमा केएफसी खुल्दै थियो । जसमा २४ जनाले जागिरका लागि आवेदन पेश गरेका थिए । जसमा २३ जना छनौट हुँदा ज्याक्माले जागिर पाएनन् ।

लगत्तै उनी प्रहरीमा भर्ती हुन गए । प्रहरीमा भर्ती हुन जाँदासमेत उनलाई नराम्रो भएको भन्दै निकालिदिए । पटकपटक काम पाउन असफल भएका उनले सफलताको खोजी गर्न छाडेनन् । उनले भन्थे, ‘मेरो आजको दिन खराब छ, भोलिको दिन झन खराब होला, तर पर्सी राम्रो हुन्छ होला ।’

उनको विश्वास कहिले थाकेनन् । पहिलेदेखि नै अंग्रेजी भाषामा राम्रो भएका उनले पछि अंग्रेजी शिक्षक भए । अंग्रेजी पढाएसँगै उनले मासिक १२ डलरमा कमाउन थाले ।

गरिब परिवारमा जन्मेका उनी सानै उमेरमा ह्याङजाउ इन्टरनेशनल होटलमा आएका पर्यटकसँग अंग्रेजीमा कुराकानी गरेर अध्ययन गर्न थाले । उनले यो काम ९ वर्षसम्म गरे । यसका लागि उनले साइकल चढेर दैनिक २७ किलोमिटरको यात्रा तय गरे । पर्यटकहरूलाई घुमाउन थाले ।

विदेशी पर्यटकलाई उनको चिनियाँ नाम मायुन उच्चारण गर्न गाह्रो लाग्यो । यसै क्रममा एक जना विदेशी साथीले उनको नाम ज्याक राखिदिए । पछि गएर त्यही नामबाट उनी ज्याक्मा बन्न पुग्यो ।

सन १९९५ को सुरुवातमा उनी एउटा चिनियाँ कम्पनीको सुधारका लागि अमेरिका गए । त्यहाँ उनले पहिलोपटक इन्टरनेट देखे । र, इन्टरनेट चलाउने मौका पाए ।

यस क्रममा उनले आप्mनो देशमा उत्पादन भएका सामानको खोजी गरे । चिनियाँ सामान इन्टरनेटमा पाएनन् । सोही घटनापछि उनको मनमा आफ्नो देशको सामान पनि विश्व बजारमा चिनिनु पर्छ भन्ने भाव पैदा हुन पुग्यो । पछि उनी स्वदेश फर्किए । देशमा भएका सबै व्यापारीलाई जोड्नका लागि एउटा अनलाइन साइड बनाए । जसको नाम चाइना एल्लो पेज थियो । उनको यो काम सफल हुन सकेन ।

अलिबाबाको इतिहास

ज्याक्माले धेरै कम्पनीहरू खोले । तर, सफलता हात पार्न सकेनन् । सोही क्रममा उनले २८ जुन सन् १९९९ मा १७ जना आफ्ना कलेजका साथीहरूको समूह बनाएर अलिबाबा कम्पनीको स्थापना गरे ।

जसको लक्ष्य इन्टरनेटबाट सामान बिक्री वितरण गर्ने थियो । यस कम्पनीको सुरुसँगै चीनमा उत्पादित वस्तुलाई विश्व बजारमा ल्याउने वातावरण हुन पुग्यो । अक्टोबर १९९९ मा यस कम्पनीले गोल्डम्यान स्याक्स र सफ्ट बैंकबाट २५ मिलियन अमेरिकी डलर लगानी प्राप्त गरे । त्यसपछि यस कम्पनीले कहिले पछाडि फर्कनु परेको छैन ।

सन २०१९ को एक रिपोर्टका अनुसार अलीबाबा कम्पनीको ६७४ मिलियन सक्रिय प्रयोगकता छन् । कम्पनीको प्रत्येक वर्ष ३७६ विलियन ९चिनियाँ युयान०को कारोबार गर्दै आएको छ ।

सफलताको शिखर चुम्दै गरेको अलीबाबा कम्पनीले सन् २०१४ मा आइपिओ सार्वजनिक गर्नका लागि कदम चालेको थियो । कम्पनीले २१।८ बिलियन डलर उठायो । यो समयमा विश्वकै सबैभन्दा ठूलो आइपिओ भरेको कम्पनी बन्न पुग्यो ।

अहिले अलीबाबा कम्पनीमा दुई लाख ५५ हजार जना कर्मचारी रहेका छन् ।

ज्याकमाको सम्पत्ति कति ?

महिनामा १२ डलर कमाउने ज्याक्मा अहिले महिनाको ०।३ बिलियन अमेरिकी डलर कमाउँछन् । वार्षिक ४ विलियन डलर आम्दानी गर्ने उनीसँग अहिले ४३।४० विलियन डलर छ ।

ज्याक्माले सन १९८८ मा क्याथि झह्याङसँग विवाह गरेका थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया