मंगलबार, वैशाख १८, २०८१

गैँडाको खागसहित एक पक्राउ

मेरोन्यूज २०७८ असोज ९ गते ७:४०

काठमाडौँ । काठमाडौँ महानगरपालिका ८ गौशाला तिलगंगाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग जस्तो देखिने वस्तुसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेत रहेको प्रहरीले जनाएको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त वस्तुसहित उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको व्यूरोले जनाएको छ ।

प्रतिक्रिया