कांग्रेसको निर्वाचन अधिकृत नै बेपत्ता, काभ्रेको १३ वटा पालिकाको अधिवेशन स्थगित
मेरोन्यूज
२०७८ असोज ८ गते २१:१२
काठमाडौं । नेपाली कांग्रेसको शनिवार हुने भनिएको पालिका अधिवेशनका लागि केन्द्रबाट खटिएका काभ्रेका निर्वाचन अधिकृत बेपत्ता भएका छन् ।
अधिवेशनका लागि केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत राजेन्द्र लामिछाने बेपत्ता भएको काभ्रे कांग्रेसका सभापति मधु आचार्यले बताए ।
निर्वाचन अधिकृत नै बेपत्ता भएका कारण शनिवार हुने भएिको काभ्रेको १३ पालिकाको अधिवेशन स्थगित गरिएको आचार्यद्वारा जारी सूचनामा उल्लेख छ ।
निर्वाचन अधिकृत बिना सूचना सम्पर्कविहीन भएको, मतदाता नामावली नभएको र पालिकामा खटिने निर्वाचन प्रतिनिधि समेत निश्चित नभएकाले पालिका अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया