मंगलबार, वैशाख १८, २०८१

अफ्रिदी रहने किंग्स इलेभेनकाे टोली र जर्सी सार्वजनिक

मेरोन्यूज २०७८ असोज ८ गते १७:१३

काठमाडौं । किंग्स इलेभेन काठमाडौँले इपीएल खेल्ने टोली र जर्सी सार्वजनिक गरेको छ ।

एभरेष्ट प्रिमियर लिग (इएपीएल) को चौथो संस्करणमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई समेटर बनाएको टोलीलाई शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

काठमाडौ आएका अफ्रिदीले शनिवार र सोमबार दुई खेल मात्र खेल्नेछन् । कार्यक्रममा किग्स इलेभेनबाट खेल्न काठमाडौ आएका अफ्रिदीले नेपालले नेपालले दिएको सम्मानले आफूलाई खुसी बनाएको बताए ।

कार्यक्रममा किग्स इलेभनका कप्तान सन्दिप लामिछानेले अफ्रिदीजस्ता अनुभवी खेलाडीको कारण टीमले सुखद नतिजा दिने बताए । आफ्रिदिको अनुभवले टीमलाई राम्रो खेल्न सहयोग पुग्ने बताए ।

किग्स इलेभन काठमाडौँको टीममा ४ जना विदेशी खेलाडीसहित नेपाली क्रिकेट खेलाडी अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेरमल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दिपेन्द्र रावत, जितेन्द्र मुखिया, आशाक चन्द, अमरसिंह रौटेला र गुल्शन झा रहेका छन् ।

यस्तै विदेशी खेलाडीमा अफ्रिदीसहित जनक प्रकाश, रेयान ब्रुल र रहमानउल्ला गुरबाज रहेका छन् । किग्स इलेभेन काठमाडौले शनिबार अघिल्लो संस्करणको बिजेता ललितपुर पेट्रियोटसविरुद्ध खेल्नेछ ।

एभरेष्ट प्रिमियर लिग (इपीएल)को चौथो संस्करणमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटपछि सामूहिक तस्वीर खिचाउँदै । तस्वीर ः प्रदीपराज वन्त/रासस

प्रतिक्रिया