मंगलबार, वैशाख १८, २०८१

विभूषणप्रति ओलीको व्यंग्य

कस्तो भोका जुकाहरु पुगेका छन् शासनमा, लाज लाग्छ

लजाइरहेका छन् आज ती मानपदवीहरू, सरम मानेका छन् । बोल्न सक्ने भएका भए उफ्रिन्थे होला ।

केपी शर्मा ओली, अध्यक्ष, एमाले २०७८ असोज ३ गते १४:५४

७० दिनमा सरकारले पूर्णता पाउन सकेको छैन कति हाइसञ्चो हेर्नुस त । चिन्ता के मा छ ? यो संविधान दिवसलाई जनताले आफनो संविधान दिवस मान्नुपर्ने, यतिवेला पराक्रमि सन्तानले सम्मानित हुन पाउनु पर्ने, सम्मनित भएकोमा अनुभूति गर्नुपर्ने, गर्व गर्न पाउनुपर्ने । वा लाई सम्मान, श्रीमतिलाई सम्मान । अघिल्लो पटकको पनि म सम्झन चाहान्छु – एउटाको सुपुत्रलाई सम्मान, अर्काेको सुपुत्रलाई सम्मान, सुपुत्रीलाई सम्मान, अर्काेको महान समाजसेवी छोराm महान समाजसेवी छोरी ।

कस्तो विडम्वना यस देशको । कस्तो भोका जुकाहरु पुगेका छन् शासनमा ? लाज लाग्छ संविधान दिवसका दिन बोल्दा । संविधान दिवसका दिन संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा, यो सफलता पाएकोमा, सहीदका सन्तानले गर्व गर्न पाउनुपर्ने, सहिदका आमावावुले सम्मान पाउनुपर्ने । घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने ।

आज वाउको मुख हेर्ने दिन हो ? श्रीमतिको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ? कस्तो लालसा, कस्तो भोक, कस्तो आकाक्षा ? कस्तो अतृप्ती ? बाहिर निस्केर भाषण गर्ने हो भने केही चाहिएको छैन, म अरु जस्तो पदलोलुप होइन, नातावादी-कृपावादी छैन । म जनताका लागि । वाहिर गफ गर्न जति पनि सक्ने, तर ब्यवहारमा मौका पाउँदा हेर्नुस त ?

अलंकार/ पदक/ विभुषणहरुको नाकमा कालो पातेको । ति विभुषणहरुले लज्जा मानेको हेर्नस् त ? लजाईरहेका छन् आज ति मानपदवीहरु । क्या क्या घाटीमा पुगिने भइयो होला (हास्दै) कस्तो कस्तोको घाँटीमा झुन्डिने भइयो । सरम मानेका छन् । वोल्न सक्ने भएका भए उफिन्थे ति । तर बोल्न सक्दैनन । लज्जाजनक छ स्थिती ।

अघिल्लो सरकार जो लोकप्रिय सरकार थियो, विकासप्रेमी सरकार थियो, सुशासनका लागि लडेको सरकार थियो, त्यस सरकारको विपक्षमा खोइरो खनेर, निराधार एउटा पनि सकारात्मक समाचार नदिने, सवै वेठिक-वेठिक समाचार दिएर देशलाई भड्खालोमा हाल्न खोज्ने सञ्चारमाध्यम र तिनका वनरहरु (हातले इसारा गदै)ठूला ठूला पदक बाट विभुषित दिने ।


कमसेकम खोज पत्रकारिता गर्ने ? लोकतन्त्रको पक्षमा , पत्रकारिताको पक्षमा , पत्रकारिताको धर्म निर्वाह गर्ने एउटा पत्रकारलाई सम्मानित गरिदिएको भए हुन्थ्यो होला नी ? हास्दै अव झगडियाहरु सम्मानित । मुद्दा हाल्ने सम्मानित ? तथानाम वहस गर्नेहरु सम्मानित ? जे पायो त्यही वोल्नेहरु सम्मानित ?

दुई चार जना छुटेको जस्तो लाग्यो मलाई नाम भन्दिन । (हास्दै) तिनलाई किन छोडेको होला ? मुद्दा जिताईदिने, हराईदिने कताको तराजु कता फर्काइदिने, तराजु पनि गज्जव रहेछ क्या, आखाँ पटटी बाँधेको हुन्छ श्रीमानहरुले छाम्दा त थाहा पाइन्छ नी ! हात वाधेको हुँदैन क्यारे । कता पट्टीकोे फैसल्ला गरिदिनु पर्ने छ, कता पट्टी के ? सम्मान ? धेरै म भनिरहन चाहदिन । सवैका लागि यो लज्जाजनक विषय हो ।
इतिहासले निर्मम मूल्याकन गर्नेछ । त्यत्ति चही भन्छु ।

(संविधान दिवसका दिन एमालेले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले ब्यक्त गरेको सम्वोधनको एक अंश)

प्रतिक्रिया