चितवनमा एक पुरुषको हत्या, आरोपी पक्राउ
मेरोन्यूज
२०७८ असोज २ गते ६:५५
काठमाडौँ । चितवन जिल्लामा एक पुरुषको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका ९ को शीतल टोलमा कान्छा लामाको हत्या भएको हो ।
उनको हत्यामा संलग्न भएको आरोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार साँझ उनीहरू सँगै खानपिन गर्ने क्रममा विवाद भएको थियो । सोेही क्रममा गलले लामाको टाउको हान्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा प्रहरी र स्थानीय बीच झडपसमेत भएको थियो । स्थानीयले आरोपीलाई आक्रमण गरेपछि दुई पक्षबीच झडप भएको हो ।
भिड नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको थियो । झडपमा परी पाँच जना प्रहरी घाइते भएका छन् । यस्तै दुई जना स्थानीयबासी समेत घाइते भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया