मंगलबार, वैशाख १८, २०८१

आजको राशिफल: तपाईंको दिन शुभ/अशुभ थाहा पाउनुहोस

ज्यो. दिवाकर पन्त २०७८ साउन १९ गते ६:१६

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको १९ गते मंगलबार, श्रावण कृष्णपक्षको दशमी तिथि । अब लागौं आजको राशिफलतर्फ ।

मेष
मनमा धेरै दोहोरो विचार भन्दा दृढता बृद्धि हुने छ । मनमा शितलता बृद्धि हुने छ ।सात्विक मार्गबाट आम्दानी पुरा गर्न मन केन्द्रीत हुने छ । पेशागत जीवनमा उन्नति प्रगति तथा फलदायी नतिजाहरु प्राप्त हुने छन् ।

वृष
पेशागत जीवन र आम्दानीमा उन्नति हुने छ । सितल खालको व्यक्तित्व हुँदा हुँदै पनि बेला बेला रिस कडा खालको देखिन पुग्ने हुँदा संयमित रहनु होला । मन दृढ हुँदा हुँदै पनि बेला बेला अस्वाभाविक खालको निराशाका चरण देखिन जाने छ ।

मिथुन
मनमा खिन्नताको मात्रा बढ्ने हुँदा सकारात्मक चिन्तन तर्फ बढि ध्यान केन्द्रीत गर्ने प्रयास गर्नु होला । भाग्यको साथ नभएको आभाष मनमा हुने छ । बोलीको प्रभाव भने बढ्ने छ । पेशागत हिसावले यात्रारत रहनु पर्ने छ । मेहनति र पराक्रमी बानीमा बृद्धि हुने छ ।

कर्कट
साझेदारीमा गरिएका कामहरुमा प्रगति हुने छ । जीवनसाथिको साथ लिएर कार्य गरेमा सफलता मिल्ने छ । साहसी खालको व्यक्तित्व हुने छ । साथै बौद्धिकताको पनि बृद्धि हुने हुनाले अरुबाट सम्मानित व्यक्तित्व बन्ने छ । तर भाग्यहिनताको आभाष हुने हुँदा उन्नति प्रगतिमा केही अवरोधहरु देखा पर्ने छन् ।

सिंह
पेशागत जीवन औसतमा सकारात्मक बन्न जाने छ । पेशागत क्षेत्रबाट मान सम्मान प्राप्त हुने तथा आफ्नो भुमिका बृद्धि हुन जाने छ । दृढ खालको व्यक्तित्व बन्दा बन्दै पनि रिस कडा हुन जाने भएकाले यस विषयमा ध्यान दिनु होला ।

कन्या
विदेश यात्रा सकारात्मक बन्न जाने छ भने विदेश जाने विषयमा मनमा तिब्रता आउने छ । मनोबलमा कमि आउने छ । आम्दानीमा सोचे जस्तो लक्ष्य प्राप्त नहुने भएकाले चित्त बुझाउँदै निरन्तर कर्ममा केन्द्रीत हुनु होला । पेशागत जीवनमा भने केही सकारात्मक नतिजा प्राप्त हुने छ ।

तुला
आम्दानीमा बृद्धि हुन जाने छ ।पेशागत जीवनमा उन्नति हुने छ, सकारात्मक नतिजाहरु देखिने छ । तर मनमा भने उदासिनताका मात्रा असाध्यै धेरै आउने भएकाले मनलाई नियन्त्रण गर्ने विषयमा ध्यान दिनु होला । चिसोबाट बच्ने प्रयास गर्नु होला ।

वृश्चिक
सात्विकताको अभिबृद्धि हुने छ । फ्रेस नभएको जस्तो लागि रहने र झुम्म भएको जस्तो लागि रहने छ । पेशागत जीवनमा शुभ संकेतहरु प्राप्त हुने छन् । सुख सुविधाका साधनहरु उपभोग गर्ने अवसर प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरु सकारात्मक बन्ने छन् ।

धनु
मनमा दुविधाका क्रम धेरै हुन जाने भएकाले मन नियन्त्रण वा दुविधा नियन्त्रणमा प्रयास गर्नु होला । बोलीको प्रभावकारितामा कमि आउने छ । पारीवारिक जीवनमा मिलन हुने छ । पेशागत जीवनमा उतार चढाव आउने भएकाले संयमित भई पाइला चाल्नु होला । भाग्य हिनताको अनुभुति हुने छ ।

मकर
साझेदारीमा गरिएका कामबाट फाइदा मिल्ने छ । जीवनसाथिको सल्लाहसहित कार्य गरेमा फाइदा मिल्ने समय छ । पेशागत जीवनमा नसोचेका समस्याहरु देखा पर्न जाँदा कठिनाई सामना गर्नु पर्ने समय रहेकाले संयमित रहँदै पाइला चाल्नु होला । दृढ खालको व्यक्तित्व हुने छ । तर रिस पनि कडा खालको देखा पर्ने भएकाले यस बारेमा संयमित रहने प्रयास गर्नु होला ।

कुम्भ
सात्विकतामा बृद्धि हुने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् । बौद्धिक खालको व्यक्तित्व हुने छ । विदेश यात्राका सन्दर्भमा अवरोधहरु हटेर जाने छन् । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । आम्दानीमा हुने बृद्धिले व्यक्तित्वमा दृढता पैदा गर्ने छ ।

मीन
आम्दानीमा बृद्धि हुने छ । विदेश यात्राका क्रम स्पष्ट बन्ने छ । पेशागत जीवनमा भने संयमित भएर पाइला चाल्नु पर्ने समय रहेको छ । पेशागत क्रममा विदेश यात्राको सम्भावना देखिन्छ । प्रतिष्पर्धात्मक क्षमतामा अभिबृद्धि हुने छ । साझेदारीमा गरिएका काममा फाइदा मिल्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया